हेटौँडाः चितवन जिल्लाको राप्ती नगरपालिका–१ रानिबासमा उम्लिएको पानीमा परेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश घलानको २८ महिनाको छोरी प्रिति घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार बिहान ७ बजेको समयमा घलान बाख्राका लागि भनेर उमालिएको पानीमा परी घाइते भएकी थिइन । घाइते बालिकालाई उपचारका लागि बिहान ११ बजेर २० मिनेटको समयमा भरतपुर अस्पताल लगिएको थियो । घलानको उपचारको क्रममा ११ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।