हावाहुरीले छानो उडाएको विद्यालयको भवन । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको १३ वटा जिल्लामा रहेको विभिन्न विद्यालयहरुको क्षति विवरण सार्वजनिक भएको छ । प्रदेशको १३ वटा जिल्लामा रहेका ७५ पालिकामा ४३५ वटा विद्यालयमा क्षति पुगेको छ ।

काठमाडौंको ५ पालिकाका २० विद्यालयमा क्षति पुगेको छ भने काभ्रेको ११ पालिकाका १४९ विद्यालय, भक्तपुरको ४ पालिकाका २३, नुवाकोटको ६ पालिकाका १०, ललितपुरको ५ पालिकाका ३९, दोलखाको ५ पालिकाका ८, धादिङको ९ पालिकाका ६०, रामेछापको ८ पालिकाका ३८, सिन्धुपाल्चोकको ६ पालिकाका ८, सिन्धुलीको ६ पालिकाका ४५, रसुवाको ३ पालिकाका ६, चितवनको १ पालिकाका १ र मकवानपुरमा रहेको ६ पालिकाका २८ गरि ७५ पालिकामा ४३५ वटा विद्यालयमा क्षति पुगको छ ।

काठमाडौंको कागेश्वरी मनोहराको ल्याबोरोटरी माध्यमिक विद्यालय, राष्ट्रिय बाल आधारभुत विद्यालयको भवन भत्किँदा ३६ लाख ६२ हजार ४२० रुपैयाँ क्षति, सिद्धी गणेश माध्यमिक विद्यालयमा ५१ लाख ३३ हजार ४२० रुपैयाँको क्षति, नागार्जुन नगरपालिकामा रहेको बइसंखु आधारभूत विद्यालयमा पहिरोका कारण एक बालकको मृत्यु भएको थियो भने एक घाइते भएका थिए ।

तारकेश्वर नगरपालिकाको जितपुर माध्यमिक विद्यालय, नागार्जुन ठूलो गाउँ माध्यमिक विद्यालयको विद्यालय, चन्दागिरी नगरपालिकाको चण्डी भैरव माध्यमिक विद्यालयमा पहिरोका कारण ३३ लाख ७० हजार ९९ रुपैयाँ बराबरको क्षति भएको छ । चम्पा शिखर आधारभुत विद्यालयमा ९३ लाख ९८ हजार २१६ रुपैयाँ, भीम माध्यमिक विद्यालयमा ५२ लाख ३७ हजार १५२ रुपैयाँको क्षति भएको छ । दक्षिणकाली नगरपालिकाको बालसुधार आधारभूत विद्यालय, कालीदेवी माध्यमिक विद्यालयमा १० लाख ५९ हजार ३१५ रुपैयाँको, गणेश आधारभुत विद्यालयमा १० लाख रुपैयाँ, कामधेनु माध्यमिक विद्यालयमा २६ लाख रुपैयाँ, कृष्ण माध्यमिक विद्यालयमा ६५ लाख रुपैयाँ, खोकना जन माध्यमिक विद्यालयमा २० लाख रुपैयाँ, इन्द्रायणी आधारभूत विद्यालयको कम्पाउन्ड कटान, सेतीदेवी माध्यमिक विद्यालयमा ३ लाख रुपैयाँ, चम्पादेवी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको क्षति भएको छ ।

विपद्का कारण मकवानपुरको बकैया गाउँपालिकाको प्राथमिक विद्यालयको भवन पूर्णरुपमा क्षति भएको छ भने सेतीदेवी आधारभूत विद्यालयको ७ लाख, कालिका माध्यमिक विद्यालयमा ५ लाख, महेन्द्र माध्यमिक विद्यालय ५ लाख, ज्ञानोदय प्राथमिक विद्यालय ६० हजार, सोलिथुम प्राथमिक विद्यालयको ५ लाख, धुवाकोट प्राथमिक विद्यालयमा ५ लाख, कान्ति माध्यमिक विद्यालयको १७ लाख बराबरको क्षति भएको छ । बागमती गाउँपालिकाको राजदेवी आधारभुत विद्यालयको भवन र शौचालय बगाउँदा ४० लाख ३३ हजार ४०२ रुपैयाँ, वनदेवी आधारभुत विद्यालयको २ लाख ४६ हजार ६० रुपैयाँको क्षति भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको ऋषेश्वर आधारभुत विद्यालय, भीमफेदी गाउँपालिकाको श्री माध्यमिक विद्यालय, मण्डलादेवी प्राथमिक विद्यालय, थाहा नगरपालिकाको कालीदेवी प्राथमिक विद्यालय, दुर्गादेवी आधारभुत विद्यालय, उदय प्राथमिक विद्यालय, बागेश्वरी माध्यमिक विद्यालय, ईन्द्रसरोवर गाउँपालिकाको मञ्जुश्री आधारभुत विद्यालय, जनश्रम आधारभुत विद्यालय पहिरोले पूणरुपमा क्षति हुँदा ९ लाख ५ हजार ४०३ रुपैयाँ, मनकामना बाल विकास केन्द्रको ९ लाख ५ हजार ४०३ रुपैयाँ, रुपादेवी आधारभुत विद्यालय, सरस्वती बाल बोधिनी माध्यमिक विद्यालय, आजादेश्वर, सिंह भैरव र बाल तीर्थ आधारभुत विद्यालय, बत्सला देवी माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।