Home मुख्य समाचार आज दिउँसो प्रदेश सभाको बैठक बस्दै

आज दिउँसो प्रदेश सभाको बैठक बस्दै


हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । गत सोमबार बस्ने भनेको बैठक स्थगित भएपछि आजको लागि बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर दिउँसो १ बजेबाट बैठक सञ्चालन गरिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Exit mobile version