Home मुख्य समाचार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक परिचयात्मक

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक परिचयात्मक

हेटौंडाः बागमती प्रदेश सरकारले गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक आज बसेको छ । पहिलो बैठक परिचयात्मक मात्रै भएको छ । प्रदेश सरकारकै प्रमुख योजनाको रुपमा रहेको प्रतिष्ठान गठन भएपछि पहिलो बैठक परिचयात्मक मात्रै भएको सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले जानकारी दिनुभएको छ ।

प्रतिष्ठानका कुलपति बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमै भएको बैठकमा प्रतिष्ठानका सहकुलपति सामाजिक विकास मन्त्री यूवराज दूलालसहित ८ जना पदेन पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पहिलो बैठकसँगै प्रतिष्ठानको काम औपचारिक रुपमा अगाडि बढेको उल्लेख गर्नुहुँदै सामाजिक विकास मन्त्रालयका सचिव काफ्लेले अब प्रतिष्ठानको उपकुलपति, रजिष्टार लगायतका पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभएको छ । बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडास्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्ने योजना बनाएको छ ।

Exit mobile version