पोलियो दिवसमा सचेतनामूलक कार्य गर्ने विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै ।

हेटौंडाः रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ हेटौंडाले संयुक्त रुपमा पोलियो रोग सम्बन्धी सचेतना मूलक कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले भोलि बिहिबार पोलियो रोग सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।

५ वर्ष मुनिका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने विषयमा जनचेतना फैलाउने उद्देश्यले आज बुधबार पहिलो दिन हेटौंडा उपमहानगरपालिका भित्रको विद्यालय, अस्पताल लगायतका ठाउँहरुमा सचेतनामूलक व्यानर टाँस्ने अध्यक्ष अग्रवालले बताउनुभयो । बिहिबार (अक्टोबर २४) विश्व पोलियो उन्मुलन दिवसको रुपमा मनाउँदै जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

बिहिबार साइकल¥यालीको आयोजना गर्ने उहाँले बताउनुभयो । बिहिबार साँझ मकवानपुर उद्योग वाणिज्य संघबाट पदयात्रा गरेर हेटौँडा बजारको बुद्धचोकमा दीप प्रज्वलनसहित पोलियो सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई समापन गर्ने उहाँले बताउनुभयो । क्लबले वार्षिकरुपमा विश्व पोलियो दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । पत्रकार सम्मेलनमा रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।