Home मुख्य समाचार मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशका सबै मन्त्रिहरुसँग कार्यसम्पादन सम्झौता गर्नुहुने भएको छ । आर्थिक वर्ष सुरु भएकै दिन मुख्यमन्त्री पौडेलले मन्त्रिहरुसँग कार्यसम्पादन सम्झौता गर्न लाग्नुभएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि कार्यसम्पादन सम्झौता गर्न लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयमै आज मुख्यमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैहुनुहुन्छ ।

Exit mobile version