हेटौँडास्थित एक खोप केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका ।

हेटौँडाः शुक्रबार र शनिबार दुईदिन सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि खाने बालबालिकाको विवरण एक महिनापछि मात्रै तयार हुने बताइएको छ । जिल्लाका १० वटै पालिकाले खोप कार्यक्रमअन्तर्गत लाभान्वित बालबालिकाको विवरण तयार पार्न केही समय लाग्ने जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविकाले भिटामिन ए र जुकाको औषधि बालबालिकालाई खुवाएको विवरण महिनाको अन्तिममा हुने स्वास्थ्य स्वयम्सेविकाको बैठकमा सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराए लगत्तै जिल्लामा विवरण प्राप्त हुने घिमिरे बताउनुहुन्छ । पहिलेदेखि नै विवरण संकलन गर्ने ढाँचाअनुसार नै प्राप्त हुने बताइएको छ । शुक्रबार र शनिबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई साताभरमा घरघरै पुगेर पनि स्वयम्सेविकाले औषधि खुवाउने घिमिरेको भनाइ छ ।