Home मुख्य समाचार बागमती लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए सपथ

बागमती लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए सपथ

पद तथा गोपनियताको सपथ ग्रहण गर्नु हुँदै बागमती प्रदेशका लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठ

हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले आइतबार मात्र श्रेष्ठलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्नुभएको थियो । सात महिना रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आयोगको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्नुभएको हो ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का श्रेष्ठले गत शुक्रबार मात्रै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रबाट अनिवार्य अवकास पाउनुभएको थियो । श्रेष्ठले बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रुपमा पनि कार्य गर्नुभएको थियो । निजामति सेवाको सहसचिव (११औं तह) बाट अनिवार्य अवकास पाए लगत्तै श्रेष्ठले प्रदेश सरकारको लोकसेवा आयोगको अध्यक्ष पदको जिम्मेवारी पाउनुभएको हो ।

Exit mobile version