Home मुख्य समाचार संघीयतापछि नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढेको छः मुख्यमन्त्री लामा

संघीयतापछि नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढेको छः मुख्यमन्त्री लामा

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयता कार्यान्वयन पश्चात नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच बढेको बताउनु भएको छ । संघीय प्रणाली मार्फत् नागरिहरुको स्वास्थ्य सम्बन्धी समस्या हल गर्न प्रदेश सरकारले काम गरिरहेको उहाँँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायहरुको समिक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नागरिकहरुको नजिकको सरकारको रुपमा रहेर प्रदेशले शिक्षा र स्वास्थ्य सेवा प्रवाह गरिरहेको दावी गर्नुभयो । नागरिकहरुसंग प्रत्यक्ष जोडिएर प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको कार्यक्रम र सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रका विकृति अन्त्यका लागि प्रयत्न गरिरहेको उहाँको भनाई छ । नागरिकहरुको प्रत्यक्ष सरोकारको क्षेत्र रहेकाले सरकारले प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रको समस्या हल गर्न अग्रसर भएको उहाँँले बताउनुभयो । प्रदेश सरकार स्थापजना पश्चात स्वास्थ्य क्षेत्रमा निकै सुधार आएको उहाँँले बताउनुभयो ।

‘प्रदेश सरकार स्थापना पश्चात नागरिकहरुको स्वास्थ्य सेवा पहुँच वृद्धि भएको छ । विगतको तुलनामा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरिता वृद्धि हुनुको साथै नागरिकका समस्याहरु हल भएका छन् ।’ उहाँले भन्नुभयो, ‘विगतमा केन्द्रीकृत शासन प्रणालीका कारण नागरिकहरुमा शिक्षा र स्वास्थ्यको पहुँच पुग्न सकेको थिएन । एकल अधिकार सूचिमा भएरपनि हुन सक्छ प्रदेशले स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिकसंग जोडिर काम गरिरहेको छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रलाई नागरिक मैत्री, सर्वसुलभ बनाउन प्रदेश सरकार कानुनलाई समायानुकुल बनाउन तयार रहेको उहाँँले बताउनुभयो । मुख्यमन्त्री लामाका अनुसार पुर्वाधार तर्फ मात्र नभइ चेतनामुलक क्षेत्रमा लगानी बढाएर नागरिकहरुलाई स्वस्थ बनाउन प्रदेश सरकार प्रयासरत रहेको छ । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आहार तथा पोषणलाई व्यवस्थित गर्ने तयारी गरेको उहाँको भनाई छ । खानेकुराको व्यवस्थापन गर्न सके निकै रोगहरुबाट बच्न सक्ने भएकाल त्यस तर्फ प्रदेश सरकार गम्भिर भइर अघि बढेको उहाँँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले पछिल्लो समय प्रादेशिक अस्पतालहरुका विरामीको चाप बढिरहेको बताउनुभयो । प्रदेश सरकारलाई विरामीको व्यवस्थापन चुनौतिको रुपमा देखिएको उहाँँले बताउनुभयो । नागरिकहरुको गुणस्तरिय र सहज सेवाका लागि आवश्यक चिकीत्सक, स्वास्थ्यकर्मी, उपकरण पु¥याउने विषय सरकारले काम गरिरहेको उहाँँले बताउनुभयो ।

Exit mobile version