रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः कमाने फुटबल एकेडेमीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–८ मा रहेको एकेडेमीले रक्तसंचार केन्द्रमा रगत अभाव भएका कारण कार्यक्रमको आयोजना गरेको रक्तसंचार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा २ जना महिला र ३३ जना पुरुषले रक्तदात गरेका छन् । कात्तिक ८ गते बिहीबार हेटौँडा जेसीजको आयोजनामा तथा १० गते शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा वडा नम्बर १३ मा रक्तदान कार्यक्रम हुँदैछ । केन्द्रमा केही समय अगाडि रगतको अभाव भए पनि अहिले मागअनुसार वितरणमा सहज भएको प्राविधिक सापकोटाले बताउनुभएको छ ।