आज साउन १ गते बिहीबारदेखि नेपालमा नयाँ आर्थिक वर्ष सुरुवात भएको छ । आजबाट आर्थिक वर्ष २०७७/७८ सुरु भएको छ । चालु वर्षको साउन १ गतेदेखि आगामी वर्षको असार मसान्त सम्मको अवधिलाई एक आर्थिक वर्षको रुपमा नेपाल सरकारले आत्मसात गर्दै आएको छ । सरकारको बजेटको कार्यान्वयनको सीमाको रुपमा पनि हेरिने आर्थिक वर्ष सुरु भएसँगै आर्थिक कारोबार अद्यावधिक गर्ने गरिन्छ ।

आजबाट तीनै तहका सरकारले नयाँ बजेट कार्यान्वयन गर्न सुरु गर्नेछ । संघीय सरकारले जेठ १५ गते प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेदेखि मसान्त सम्ममा बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यद्यपि कतिपय स्थानीय तहले असार मसान्तभित्र बजेट ल्याउन असफल भएका छन् । मकवानपुर जिल्लामा बकैया र ईन्द्रसरोवर गाउँपालिकाले असार मसान्तभित्र बजेट ल्याउन असफल भएको छ ।