Home मुख्य समाचार भीमफेदी दुर्घटनामा परी घाइते ३१ जना डिस्चार्ज, १० जना उपचाररत

भीमफेदी दुर्घटनामा परी घाइते ३१ जना डिस्चार्ज, १० जना उपचाररत

हेटौँडाः बुधबार साँझ हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४, गोल्फिनबेशीमा दुर्घटनामा परी घाइते भएका ३१ जना उपचारपश्चात स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएका छन् । दुर्घटनामा परी घाइते भएका १० जना भने उपचाररत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

हेटौँडाबाट काठमाडौतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । बसका चालक भने सम्पर्कमा नरहेको बताइएको छ । धनुषा जिल्लाका मुखिनियापट्टी मुसरनिया गाउँपालिका–२ का २५ वर्षीय अमित यादवको अवस्था भने गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते मध्ये केहीको हेटौँडा र केहीको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version