हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिका–२, कैलाशमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय दिल बहादुर स्याङ्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार साँझ ५ बजेर ३० मिनेटको समयमा खेतबाट घर फर्कने क्रममा दिलबहादुर बाच खोल्सीको गोरेटो बाटोबाट लडेर ५ मिटर तल खसेका थिए । स्याङ्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।