हेटौंडाः भुटनदेवी क्लबको आयोजनाना भएको ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि कुमारी एफसीले जितेको छ । आइतबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा सम्पन्न भएको फाइनल खेलमा नागस्वती फुटबल एकेडेमीलाई टाइब्रेकरमा २–० गोलले हराउँदै कुमारीले उपाधि जितेको हो।

उपाधि जितेसँगै कुमारी एफसीको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता नागस्वतीको टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलको म्यान अफ द म्याच विजेता टिमको दीपेश चाम्लिङ घोषित भएका छन् ।

खेलको निधारित समय गोलरहित बराबरीमा रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै कुमारी एफसीका विश्व लामाले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, भुटनदेवीका हाइ स्कोरर सुरज थिङ, प्रशिक्षक कुमारीका मनिष कार्की, डिफेन्डर कुमारीका शिशम थापा र नगस्वतीका रोजक थिङ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।
सेजन खड्गेको संयोजकत्वमा भएको प्रतियोगितामा २३ वटा टिमको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष राजु विष्टको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।