सांकेतिक तस्वीर ।

हेटौंडाः काभ्रेमा पहिरोमा परी बेपत्ता रहेकामध्ये थप पाँच जनाको शव फेला परेको छ । शनिबार रोशी गाउँपालिका–४ स्थित सिरानडाँडाका एकै परिवारका ५ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

असोज १२ गते पहिरोले घर पुर्दा बेपत्ता भएका ७१ वर्षीय चन्द्र बहादुर तामाङ, उनकी श्रीमती ५५ वर्षीय कान्छी माया, कान्छा छोरा २६ वर्षीय डिल्ली बहादुर तामाङ, उनकी ५ वर्षीय छोरी सफल तामाङ र माइला छोरा छेगु तामाङकी ६ वर्षीय बुद्धि मायाको शव फेला परेको हो । शनिबार दिउँसो प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रकिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाएको जनाएको छ ।