Home मुख्य समाचार २१ जनाले गरे रक्तदान

२१ जनाले गरे रक्तदान

रक्तदान गर्दै रक्तदाता

हेटौँडाः मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारी आइकेओ युनियनको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौंडा–४,स्थित हुप्रचौरमा भएको रक्तदान कार्यक्रममा १७ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेका हुन् ।

कराँते संघले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । दशैंको समयमा अत्याधिक मात्रामा सवारी दुर्घटना हुने भएकोले घाइतेहरुले रगतको अभावमा ज्यान गुमाउने कुरालाई मध्यनजर गर्दै ५ वर्षदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । हेटौंडा उपमहानगरपालिका–१८, का वडाध्यक्ष अनिल बानियाँको प्रमुख अतिथ्य तथा कराँते संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षमा रक्तदान कार्यक्रम भएको हो । रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो ।

Exit mobile version