सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा अस्पतालमा उपचाररत एक विरामीको मृत्यु भएको छ । बिहिबार दिनको राती १ बजेर ३५ मिनेटको समयमा हेटौँडा अस्पतालमा उपचारको क्रममा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मृतकको पहिचान नखुलेको र आफन्त पनि पहिचान हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । बिहिबार दिउँसो ४ बजेको समयमा हेटौँडा अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएकी महिलाको मानसिक सन्तुलन पनि ठीक नभएको प्रहरीले जानकारी दिएको छ ।