हेटौँडाः बढ्यौली साहित्य समाज मकवानपुरले दुई जना साहित्यकारलाई सम्मान गर्ने भएको छ । बुढ्यौली साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको ‘तुल्सी थापा स्मृति सम्मान–२०८१’ झापाका साहित्यकार देवीप्रसाद घिमिरेलाई र ‘तोयानाथ रिजाल स्मृति सम्मान–२०८१’ मकवानपुरका साहित्यिक देवराज खरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

घिमिरेलाई २५ हजार राशिसहित सम्मान गरिनेछ भने खरेललाई २० हजार राशिसहित सम्मान गरिनेछ । बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसि रिजालका अनुसार घिमिरे र खरेललाई बुढ्यौली साहित्य समाज मकवानपुरको वार्षिकोत्सवमा सम्मान गरिनेछ । बुढ्यौली साहित्य समाज मकवानपुरको वार्षिकोत्सव आगामी मंसिर महिनामा हुनेछ ।