सांकेतिक तस्वीर ।

हेटौँडाः अत्यधिक रक्तश्रावका कारण हेटौँडा–९ की एक सुत्केरीको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा सुत्केरी भएकी ३२ वर्षीया रमिला मैनालीको सोमबार बिहान ८ बजेको समयमा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् ।

चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा सुत्केरी भएकी रमिलाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन् । रमिलाको पहिलो सन्तान छोरी छ । सामान्य अवस्थामै सुत्केरी भएकी रमिलाको अत्यधिक रक्तश्राव भएको बताइएको छ । नवजात शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको छ ।