संंप्रस पौडेल

हेटौँडाः हास्यव्यङ्ग्य साहित्यमा क्रियाशील सिस्नुपानी मकवानपुरको अध्यक्षमा संप्रस पौडेल चयन हुनुभएको छ । बिहिबार हेटौँडामा सम्पन्न पाँचौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । यसअघि सहसचिव रहनुभएका पौडेल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । शिक्षण पेशामा क्रियाशील पौडेल हास्यव्यङ्य लेखनमा रुचि राख्नुहुन्छ ।

अधिवेशनबाट उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाई, सहसचिवमा अमृत लामिछाने, कोषाध्यक्षमा शुभद्रा हुमागाई र सदस्यमा चिरञ्जीवी लामिछाने, वैकुण्ठ लामिछाने, अजर फुयाल, सुवास सजल र स्वस्तिका दाहाल चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षता तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यमा सिस्नुपानी मकवानपुरको अधिवेशन भएको हो ।

नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । सिस्नुपानी मकवानपुरको अधिवेशनसँगै बिहिबार सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको एकल कविता वाचन कार्यक्रम समेत भएको थियो । कार्यक्रममा गाम्नागेले १३ वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले गाम्नागेको एकल कविता वाचन सत्रको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सिस्नुपानी नेपालका सदस्य चक्र दवाडीले लक्ष्मण गाम्नागे दुईवटा कविता वाचन गर्नुभएको थियो ।