सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, नौघरेमा अचेत अवस्थामा फेला परेका वृद्घको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला घर भई हाल नौघरे बस्दै आएका ७२ को बनारसी प्रसाद जैसवाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार राती जैसवाल खाना खाई सुतेकोमा मंगलबार बिहान ४ बजेको समयमा अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका जैसवाललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।