Home खेलकुद राष्ट्रिय भेट्रान्स फुटबलः साविक विजेता चितवन टाइब्रेकरमा विजयी

राष्ट्रिय भेट्रान्स फुटबलः साविक विजेता चितवन टाइब्रेकरमा विजयी

हेटौँडाः तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा साविक विजेता चितवन भेट्रान्सले विजयी सुरुवात गरेको छ । रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवनले टाइब्रेकरमा जित निकालेको हो ।

चितवनले घरेलु टोली नागस्वती भेट्रान्स क्लबलाई ४–२ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नागस्वतीको तर्फबाट राजेन्द्र थापाले पहिलो हाफको १०औं मिनेटमा एक गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको खेलसम्म १–० गोलले पछि परेको चितवनको तर्फबाट दोस्रो हाफको २३ औं मिनेटमा सूर्य नारायण श्रेष्ठले बराबरी गोल गरे । निर्धारित समय १–१ गोलको बराबरी भएपनि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा घरेलु टोली नागस्वतीको २ वटा प्रहार मात्र गोलमा परिणत भएको थियो । म्यान अफ द म्याच चितवनका गोलरक्षक राजु शाही घोषित भएका छन् ।

Exit mobile version