हेटौँडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका–६ स्थित बकैया खोलाले बगाउँदा अकले माझी बेपत्ता भएका छन् । निर्माणाधिन काठमाडौं–मधेश–तराई द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया–६, जसपाल खण्डमा काम गर्दै आएका रौतहट जिल्लाको पौराई गाउँपालिका–२ का २८ वर्षीय माझी शुक्रबार दिउँसो २ बजेको समयमा बकैया खोला तर्ने क्रममा बगेको मकवानपुर प्रहरीले जनाएको छ ।
बकैया–६ जुईनास्थित ससुराली जाने क्रममा माझीलाई बकैया खोलाले बगाएको हो । माझीलाई खोलाले बगाएको भनी शनिबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।