Home कला झरनाको अन्तरप्रदेश कवि गोष्ठी

झरनाको अन्तरप्रदेश कवि गोष्ठी

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५४ औं साहित्य शृंखला शनिबार भर्चुअल माध्यमबाट अन्तरप्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको छ । शनिबार कविहरुले तीन चरणमा रचना वाचन गरेका छन् । प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय साह ‘मित्र‘, बागमति प्रदेशबाट रचना मोक्तान ‘यात्री’, गण्डकी प्रदेशबाट मिलन समीर, प्रदेश ५ बाट सरस्वती कुसुम्या तथा सुदूरपश्चिम प्रदेशबाट मिन थापा सहभागी रहनु भएको थियो । कार्यक्रममा थारु, बज्जिका तथा तामाङ भाषाका कविता पनि वाचन गरिएका थिए ।

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले यस्ता कार्यक्रमले नेपाली साहित्यमा अझै टेवा पुग्ने बताउनु भयो । साथै समकालीनता माथिको दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने बेला भएको बताउनु भयो । शनिबार वाचित रचनाको समेत उहाँले समिक्षा प्रस्तुत गर्नु भएको थियो । यसैगरी संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीले यस्तो कार्यक्रम भएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहन सुझाव दिनु भएको थियो ।

यसैगरी कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, आँचल कला पुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरका अध्यक्ष शान्तिप्रिय बन्दना, कवि तथा समाजसेवी अर्पण पराजुलीले शुभकामना मन्तप्य राख्नु भएको थियो । कार्यक्रममा विश्वनाथ सञ्जेल, किशुन दयाल यादव, महेश जिज्ञासु, विधान स्पर्श, चिरञ्जीवि लामीछाने, सन्तराम राई लगायतकाको सहभागिता रहेको थियो ।

Exit mobile version