नयाँ समिति निर्वाचित भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको ११औं अधिवेशनबाट अध्यक्षमा श्रीराम खतिवडा निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत नयाँ समिति चयन भएको हो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

समितिको उपाध्यक्षमा रमेश प्रसाद खतिवडा र दिपकलाल खतिवडा, सचिवमा हरि वाग्ले, कोषाध्यक्षमा घनश्याम नेपाल र सहसचिवमा गुरु प्रसाद ढकाल चयन हुनुभएको छ । यस्तै सदस्यमा पुरुषोतम सिलवाल, पुरुषोतम ढकाल, रामप्रसाद तिमल्सिना र लक्षमण गिरी निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा केदार प्रसाद चौलागाई चयन हुनुभएको छ । हेटौँडा–८, राजपानीस्थित निजानन्द धाम पार्कमा केदार प्रसाद चौलागाई अध्यक्षता तथा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्ष रामकृष्ण तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । अधिवेशनमा मकवानपुर जिल्लामा रहेका ७ वटा मन्दिरमा रहेको इकाई समितिका प्रतिनिधि सहभागी थिए ।