हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–५, कर्मचुलीस्थित कृष्ण मन्दिर परिसरमा आयोजना गरिउको निःशुल्क स्वास्थ्य शिविरमा एक सय १३ जनाको स्वास्थ्य परीक्षण गराएका छन् । शनिबार श्रीकृष्ण प्रणामी युवा परिषद् कर्मचुलीको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
हेटौंडा उपमहानगरपालिका–६ स्थित श्री सिद्धस्थली रुरल कम्युनिटी अस्पताल र श्रीकृष्ण प्रणामी युवा परिषद् मूलमिलावा धामको समन्वयमा रहेको युवा परिषद् मूलमिलावा धामका कोषाध्यक्ष मोहन खतिवडाले जानकारी दिनुभयो । शिविरमा वरिष्ट चिकित्सकको परामर्शसहित निःशुल्क मधुमेह र दाँतसम्बन्धी स्वास्थ्य प्रदान गरिएको थियो । खतिवडाका अनुसार शिविरमा धेरै जनाले सामान्य जाँच गराएका थिए । निःशुल्क स्वास्थ्य शिविरमा डा. विष्णु श्रेष्ठले एक सय १३ जना सेवाग्राहीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
परिषद्ले शिविरमा निःशुल्क औषधीसमेत वितरण गरेको खतिवडाले बताउनुभयो । परिषद्ले शिविरमा २ सय जनाको हाराहारीमा स्वास्थ्य जाँच गर्ने लक्ष्य राखेको थियो । परिषद्ले पहिलैदेखि स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रीय सदस्य इश्वर खतिवडा प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल कर्मचूलीका अध्यक्ष शिव बोलखेको सभाअध्यक्षता रहेको थियो । यसैगरी कार्यक्रममा सिद्धस्थली अस्पतालकी संचालक गोमा गौतमको उपस्थिति रहेको थियो ।