हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा युनिक बक्सिङ क्लब गठन भएको छ । आज बिहान युवाको भेलाले गोकुल मोक्तानको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । मकवानपुर जिल्ला बक्सिङ संघ तथा पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडिको पहलमा क्लब गठन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्य रहेको भेलामा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य माधव तिमल्सिना, बक्सिङ संघका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला बक्सिङ संघका पुर्व अध्यक्ष भेष खड्गी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु कुमार लामा, युवाको भेलामा मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दिपेश जोशीको उपस्थिति रहेको थियो ।