हेटौंडाः नेपाल इन्जिनियर एसोसिएसन ३४ औं केन्द्रीय कार्यसमिति र तेस्रो प्रादेशिक कार्यकरिणी समिति बागमती प्रदेशका लोकतान्त्रिक समूहका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रम भएको छ । शनिबार हेटौंडा–४ स्थित होटल सामनामा लोकतान्त्रिक समूहका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रम भएको हो ।
वनविज्ञान क्याम्पसका प्राध्यापक शिवकुमार माञ्जनको सभाध्यक्षता तथा सिडीयनका पूर्वसभापति उमेशप्रसाद थानीको प्रमुख आतिथ्यमा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।
भाद्र २८ गते हुने निर्वाचनमा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष पदका लागि सुवासचन्द्र बराल, उपाध्यक्षका लागि प्रकाश केसी, महासचिवका लागि विनोद पण्डित, उपसचिवका लागि अनिल मानन्धर, कोषाध्यक्षका लागि सुमन थापा र सह–कोषाध्यक्षका लागि कृष्णप्रसाद पोखरेलले उम्मेद्वारी दिने भएका छन् । बरालको प्यानलबाट उहाँहरुले उम्मेद्वारी दिने हुनुभएको हो ।
यस्तै, प्रादेशिक कार्यकरणी समितिको सभापतिका लागि बलराम पुडासैनी, उपसभापतिमा विभूषण चालिसे, महासचिवमा दीपक भट्ट, सचिवमा विवेक श्रेष्ठ र कोषाध्यक्षमा निर्मला तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । पुडासैनीको प्लानलबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।