हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरस्थित राप्तीखोलामा डुबेर एक जना पुरुष बिरामी भएका छन् । ३५ वर्षीय सुवास थिङ खोलामा डुबेर बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो साढे १२ बजेको समयमा खोलामा नुहाउने क्रममा डुबेर थिङ बिरामी भएको हो । खोलामा डुबेर बिरामी भएका थिङलाई सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।