हेटौंडाः आगामी सोमबारका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक सरेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार बैठक सरेको सूचना जारी गरेको छ । विशेष कारणवस बैठक सरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार आव्हान गरिएको प्रदेश सभा बैठक आगामी शुक्रबारका लागि आव्हान गरिएको छ । आगामी साउन २ गते शुक्रबार दिनको १ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरिएको सूचना प्रदेश सचिवालयले जारी गरेको छ । प्रदेश सभा बैठक अघि आगामी बुधबार दिनको २ बजे प्रदेश मामिला समितिको बैठक आव्हान गरिएको छ भने शुक्रबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान गरिएको छ ।