हेटौँडाः रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–४, रिम्चेमा सडक माथिबाट पहिरोसँगै आएको ढुंगाले लागेर एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

बिहिबार दिउँसो २ बजेको समयमा स्याफ्रुवेशी हुँदै लाङटाङतर्फ गएकी २८ वर्षीया माइली लेगिसको पहिलोसँगै आएको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घटनास्थल रिम्चे पुग्न स्याफ्रुबेसीबाट ४ घण्टाको पैदलयात्रा तय गर्नुपर्ने प्रहरीले उल्लेख गरेको छ । फ्रान्सेली दुई महिला र एक पुरुष पदयात्राका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको अवस्थामा घटना भएको हो ।