हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, स्वस्तिकचोकमा धारामा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८५ वर्षीय मुक्तिनाथ सापकोटा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार राती ८ बजेको समयमा सापकोटा आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लड्दा गम्भिर घाईते भएका थिए । घाइते सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा राती १० बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।