हेटौँडा उपमहानगरपालिकाको मूलगेट अगाडि धर्ना दिँदै व्यवसायी ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गरेको विरोधमा व्यवसायीले हेटौँडा उपमहानगरपालिकामा धर्ना दिन सुरु गरको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिन सुरु गरेको हो ।

वृद्धि गरेको करको दर खारेज गर्न माग गर्दै उपमहानगरपालिकाको मूलगेट अगाडि नाराबाजी गरेका छन् । हेटौँडा–२ स्थित पल्पसा सदनबाट र्यालीसहित धर्ना दिन उपमहानगरपालिकाको मूलगेट पुगेका हुन् ।