सांकेतिक तस्वीर ।

हेटौँडाः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९, जितपुरमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५१ वर्षीय सुरेश मलिक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार बिहान ८ बजेर ३० मिनेटको समयमा मलिक मलामी जाने क्रममा खोलाले बगाएको थियो । खोलाले बगाएका मलिकलाई स्थानीयले खोजी गर्दै जाँदा बगाएको स्थानबाट ५ सय मिटर तल खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।