हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा बुधबारदेखि सुरु भएको छ । शनिबार भएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा ३८ जना अनुपस्थित भएको परीक्षा फोकल पर्सन सरला अधिकारीले जानकारी दिनुभयो ।

विज्ञान विषयको परीक्षाका लागि १ हजार ८ सय ३ जनाले परीक्षा फारम भरेकोमा ३८ जना अनुपस्थित भएका हुन् ।

यस्तै, शुक्रबार भएको अनिवार्य गणित विषयको परीक्षामा ४७ जना विद्यार्थी अनुपस्थित भएका छन् । परीक्षाका लागि २ हजार ७ सय २७ जनाले परीक्षा फारम भरेकोमा ४७ जना विद्यार्थी अनुपस्थित भएको उहाँले जानकारी दिनुभयो । बुधबारदेखि सुरु ग्रेडवृद्धि परीक्षा ३१ गतेसम्म सञ्चालन हुनेछ ।