Home मुख्य समाचार लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ

लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

शनिबार बिहान ११ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५, रातोमाटेमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बी आर ०१ बी जे ८४८३ नम्बरको स्यान्ट्रो कारको सुरक्षा जाँच गर्दा २५ केजी ५ सय ग्राम लागुऔषध गाँजासहित भारतीय नागरिक २० वर्षीय आदित्य कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई प्रहरीले आदित्य कुमारलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

Exit mobile version