Home मुख्य समाचार बारा प्रहरीद्वारा ६५ लाख रुपैयाँको अवैध सामान बरामद

बारा प्रहरीद्वारा ६५ लाख रुपैयाँको अवैध सामान बरामद

हेटौंडाः बारा प्रहरीले करिब ६५ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । मंगलबार राति ११ बजेको समयमा प्रहरीले ६५ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध सामान बरामद गरेको हो । जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जबाट प्रहरीले ६४ लाख ५८ हजार २ सय ७४ रुपैयाँ बराबरको स्रोत नखुलेको इलेक्ट्रोनिक गुड, लिपिष्टिक र वाइरिङको सामानहरु नियन्त्रणमा लिएको बारा प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

Exit mobile version