हेटौंडाः बागमती गाउँपालिका–२ निवासी गणेश बहादुर राई अहिले दङ्ग र त्रसित छन् । केही दिन अघि विद्युत प्राधिकरणबाट विद्युत महशुलको विल आयो । मिडर रिडरले घरैमा ल्याएको महशुलको विल देखेर उहाँ आत्तिनुभयो ।
चिट लिएर घर आइपुगेका मिटर रिडरलाई राईले अबदेखि आफुले विजुली प्रयोग नगर्नेसम्मको कुरा गर्नुभयो । करिब तीन महिनाको १ सय रुपैयाँ पनि नउठेको महशुल ८ लाख रुपैयाँको चिट राईले पाउनुभएको थियो । टायलको छाना, बाँसले बरेर लिपेको घरमा राईले तीन वटा मात्र बत्ती मात्रै बाल्दै आइरहेको छ । राईको घरमा कुनै विद्युतीय मेसिनरी सामान ९टिभी, पंखा र फ्रिज लगायतका० प्रयोग हुने गरेको छैन । विगतमा मासिक एक युनिटको हाराहारीमा मात्र मिटर उठ्ने गरेको राईले बताउँनुभयो । हलिे भने विद्युत प्राधिकरणबाट विल ८ लाखको आएपछि उहाँ तनावपूर्ण अवस्थामा हुनुहन्छ ।
यसमा नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको लापर्वाहीका कारण उहाँ अहिले मानसिक तनाव सहित हटौंडा आवतजावत गर्दै कष्ट भोगिरहनु भएको छ ।
प्राधिकरण हेटौंडाका प्रमुख शिवराम मिश्रले प्राधिकरणको गल्ती भएको स्वीकार्नु भएको छ । मिटर रिडरले गलत नम्बर टिप्दा र गलत पोष्टिङ गर्दा यस्तो हुन पुगेको हुन सक्ने उहाँले बताउनुभयो । उहाँको अनुसार उक्त समस्याको कारण पहिचान गरिरहेको छ । राईले संसोधन फारम भरिसकेपछि उक्त ८ लाख रुपैयाँ तिर्नु नपर्ने प्रमुख मिश्रको भनाई छ । यस्तै प्राधिकरण फापरबारी वितरण केन्द्रका लेखापालले पनि मिटर रिडर र बढी युनिट पोष्टिङ गर्दा समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार राईको मिटरबाट हालसम्म मासिक एक युनिट मात्र महशुल उठ्ने गरेको बताउनुभयो ।
उक्त समस्या देखेपछि राईलाई हेटौंडा वितरण केन्द्रमा पठाइएको थियो । आइतबार मात्र राई हेटौंडा आएर आफ्ना समस्या राखेपछि प्राधिकरणका कर्मचारीले समस्याबारे फोनबाट जानकारी गराउने बताएपछि उहाँ घर फर्किएका छन् ।