Home मुख्य समाचार कारको ठक्करबाट मृत्यु भएकाको सनाखत हुन सकेन

कारको ठक्करबाट मृत्यु भएकाको सनाखत हुन सकेन

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७, बिजौनामा सोमबार राती कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अझै सनाखत हुन सकेको छैन । नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको बा २१ च ६६४२ नम्बरको कारले सोमबार राती ८ बजेर ३५ मिनेटको समयमा ठक्कर दिँदा अन्दाजी ५० वर्षको पुरुषलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्तिको उपचारका लागि हेटौंडास्थित चुरेहिल हस्पिटल लैजाने क्रममै मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने कारलाई हेटौंडा–१९, नेवारपानीबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले कार र चालक हेटौंडा–७ का गोकुलप्रसाद पौडेललाई नियन्त्रणमा लिएको छ ।

Exit mobile version