लागुऔषधसहित पक्राउ परेका दीपक र अञ्जन ।

हेटाँैडाः हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको एक कारबाट बारा प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।

बिहिबार बिहान ५ बजेको समयमा प्रहरीले बारा जिल्लाको पथलैयामा सुरक्षाजाँच गर्ने क्रममा २६ केजी गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का २८ बर्षीय अन्जन शाह र भारतीय नागरिक ३० बर्षीय दीपक चन्द्र देवलाई पक्राउ गरिएको जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले बा ४ च ५२७ नम्बरको कारको सुरक्षाजाँच गर्दा गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।

भारतीय नागरिक दीपकले कार चलाएका थिए भने अञ्जन कारमा सवार थिए । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर दुबैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।