फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१० स्थित वनविज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

सोमबार भएको कार्यक्रममा ६ जना महिला र ३१ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । ६५ औं त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।