हेटौंडाः मकवानपुरको मनहरीमा जारी फुटबल प्रतियोगताको फाइलनमा कैलाश एफसीले स्थान पक्का गरेको छ । पहिलो संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सिम्पानी युथ क्लबलाई हाराउँदै कैलाश एफसी फाइनल प्रवेश गरेको हो ।
शुक्रबार मनहरी–८ स्थित सिम्पानी मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक सिम्पानीलाई १–० गोल अन्तरले हराउँदै कैलाश फाइनलमा प्रवेश गरेको हो । कैलाशको जीतमा अभिषेक लामाले निर्णायक गोल गरेका हुन् । उनले खेलको दोस्रो हाफको १२ औं मिनेटमा एक गोल गर्दै कैलाशलाई फाइनमा प्रवेश गराएका हुन् । खेलको म्यान अफ द म्याच कैलाशको तर्फबाट निर्णयक गोलकर्ता लामा घोषित भएका छन् ।
असार २० गते भएको उद्घाटन खेलमा नमुना युथ क्लबलाई १२–० को गोल अन्तरले सहजै पराजित गर्दै आयोजक सिम्पानी क्लबले सेमीफाइनको यात्रा पूरा गरेको थियो भने बुधबार भएको क्वार्टरफाइन खेलमा प्रदेश प्रहरी गण हेटौंडालाई २–१ गोल अन्तरले हराउँदै कैलाशले सेमीफाइनको यात्रा पूरा गरेको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि शनिबार हुने अन्तिम सेमीफाइनल खेलमा हासु एफसी र इन्टरनेट सिटीबीच प्रतिस्पर्धा हुनेछ भने दुई समूहको विजेता टिमले सोमबार उपाधिका लागि कैलाशसँग प्रतिस्र्धा गर्नुपर्नेछ । सो खेलका विजेताले फाइनलमा कैलाश एफसीसंग प्रतिस्पर्धा गर्नेछन् ।
१२ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा ९ वटा टिमहरु बाहिरी सकेको आयोजक सिम्पानी क्लबका खेल संयोजक प्रकाश थिङले बताउनुभयो । गाउँपालिकाको पूर्वफुटबल खेलाडी मिलन धर्मराजको स्कुटर दुर्घटनामा निधन भएका कुरालाई स्मरण गरेर प्रतियोगिताको आयोजना गर्न सुरु गरेको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि स्थानीय क्रसर व्यावसायी र अन्य व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भइरहेको बताउनुभयो ।
प्रतियोगिताको फाइनल खेल असार ३० गते सोमबार हुने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ, उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५–५ हजार रुपैयाँको नगद राशि र प्रमाणपत्र प्राप्त गरिनेछ । यस्तै, प्रतियोगिता अवधिभरको सर्वोकृष्ट खेलाडीले ७ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।