हेटौंडाः मकवानपुरको मनहरीमा जारी मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सिम्पानी युथ क्लबको आयोजनामा संचालन भएको पहिलो संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल खेलका लागि कैलाश एफसी, इन्टरनेट सिटी, हासु एफसी र आयोजक सिम्पानी छनौट भएको हो ।
क्वाटरपाइनलको पहिलो खेलमा आयोजक सिम्पानीले नमुना युथ क्लबलाई १२–० गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो भने कैलाश एफसीले बागमती प्रदेश प्रहरी गण हेटौंडालाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बिहीबार सम्पन्न क्वार्टरफाइनल चरणको अन्तिम खेलमा इन्द्रकमल युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै हासु एफसीले सेमीफाइनलमा प्रवेश गरेको हो भने इन्टरनेट सिटीले भोर्लाघारी टोल विकास संस्था कालिका नगरपालिकालाई क्लबलाई ३–१ गोले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत आज (शुक्रबार)बाट सेमीफाइन चरणको खेल सुरु हुँदैछ । गाउँपालिकाको सिम्पानी मैदानमा सेमीफाइनल चरणको एक खेल हुनेछ । दिउँसो ३ बजेबाट सुरु हुने सेमीफाइनल खेलमा आयोजक सिम्पानु युथ क्लब र कैलाश एफसीबीच प्रतिस्पर्र्धा हुनेछ । दुई टिम फाइनल प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रने छन् ।
त्यस्तै हासु एफसी फाइनल प्रवेशका लागि भोलि शनिबार इन्टरनेट सिटीसँग सामना गर्र्नुपर्नेछ । प्रतियोगितामा १२ टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असार ३० गते सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ, उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्र्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक सिम्पानी युथ क्लबले जनाएको छ ।