हेटौँडाः हेटौँडा–१८, बरौलीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजेको समयमा हेटौँडा–१८ स्थित बरौलीखोलाले १० बर्षीया रश्मिता बललाई बगाएको थियो । खोला हेर्ने क्रममा अचानक आफैं चिप्लिएर बल बरौली खोलामा परेकी थिइन् ।

बाढी आएको बेलामा भएकोले खोलाले बगाएको प्रहरीले जनाएको छ । बालिकालाई खोलाले बगायो भन्ने खबर आएपछि खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ५ सय मिटर तल पानीमा मृत अवस्थामा साँझ ६ बजे फेला परेको प्रहरीले जनाएको छ ।