साथमा तिम्रो हातमा तिम्रो दुनियाँ हराई
आयौ है तिमी जीवनमा मेरो बनेर पराईं ।
ए साथी तिमीसँगको पल निकै नै छ राम्रो
हावा र पानी जस्तै अथाह सम्बन्ध छ हाम्रो ।
शिरीरी हावा चलेको जस्तो दोस्ती छ हाम्रो नि
ओठमा हाँसो गालामा लाली आउँछ उसको नि ।
स्कुलमा खाली गर्दथ्यौं हल्ला है साथी हामी नि
तिमी नै मेरो हेरचाह गर्ने मान्छे हौ साथी नि ।
जीवन मेरो हरेक खुसीमा तिम्रो छ साथी
तिमी र मेरो सम्बन्ध निकै माथी छ है साथी ।
कक्षा–८, जीएस निकेतन मावि, हेटौँडा–५