Home कला मदनको सम्झना (झ्याउरे छन्द)

मदनको सम्झना (झ्याउरे छन्द)

शिरमा देश राखेर सधैँ, आमालाई हँसायौ
मदन तिम्ले, खुशीको आभा, देशमा भित्रायौ ।
जनताको खुशी, सर्वोच्च हुन्छ, भनेर नै ठान्यौ
मदन तिम्ले देशलाई सधैँ आमासारी मान्यो ।।

निराशाको त्यो बादल हटाई आशा नि जगायो
अन्याय मेटी जनतालाई सधैँ भरोसा दिलायौ ।
जनतालाई तिम्ले खुसीको प्याला यसरी पिलायो
दैवको प्यारा भएर चाँडै कता हो बिलायौ ।।

सपना तिम्रो बनाउने थियो समृद्ध नेपाल
नेपाली सुखी भएको हेर्ने इच्छा त्यो वाचाल ।
छोटे त्यो राजा, मौलाए आज, देशको दुर्दशा
तिम्रो त्यो सप्ता, भएन पूरा, छायो नि निराशा ।।

जब तिम्रो, देश हो बने, बलियो आधार
देखाको बाटो हिड्ने छौं हामी, नगर
हतार हृदयभरि रहन्छ सधैं मदनको सम्झना
कदर गर्दै, सदैव हामी, तिम्रो त्यो भावना ।

नम्रता पराजुली
कक्षा–८, अमर मावि, हेटौँडा–१

Exit mobile version