हेटौँडाः नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा मकवानपुरबाट तीन जना सदस्य चयन भएका छन् । १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबार घोषणा भएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा मकवानपुरका तीन जना समावेश भएका छन् ।
केन्द्रीय कमिटी सदस्यमा मकवानपुरका ललित बहादुर बस्नेत, विरोध खतिवडा र घन प्रसाद गौतम चयन हुनभएको छ । बस्नेत र खतिवडा यसअघि पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो भने गौतम पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा शुक्रबार ९३ जना मात्र समावेश भएका छन् । अन्य सदस्यहरु क्रमिक रुपमा चयन हुने र सो समितिमा मकवानपुरबाट थप नेताहरु समेटिने पार्टी मकवानपुरका अध्यक्ष विष्णु दाहालले जानकारी दिनुभएको छ ।