हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान कार्यक्रम आयोजना गर्नका लागि विभिन्न संघसंस्थालाई आह्वान गरेको छ । पछिल्लो समयमा रक्तदान कार्यक्रम नभएका कारण रक्त अभाव हुने सम्भावना भएकाले संस्थाहरुलाई कार्यक्रमको आयोजना गर्न अनुरोध गरिएको रक्तसञ्चार केन्द्रका इन्चार्ज टंकप्रसाद दाहालले जानकारी दिनुभयो ।

केन्द्रमा अहिले ४०–५० युनिट रगत स्टकमा रहेको छ । उक्त रगतले दुई तीन दिनमात्र पुग्ने दाहालले बताउनुभयो । संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेमा एकैदिन ४० युनिट रगत स्टकमा हुने हुँदा केन्द्रले संस्थालाई रक्तदान कार्यक्रम गर्न आह्वान गरेको हो । आर्थिक वर्षको क्लोजिङ भएकाले संस्थाहरुले कार्यक्रम आयोजना गर्न नभ्याएको उहाँको भनाइ छ । केन्द्रमा करिब एक सय ५० जना इमर्जेन्सी रक्तदाताको सुची छ । जसमा शुक्रबार ३ जना रक्तदाताले रक्तदान गरेका छन् ।