हेटौंडाः हेटौंडा तेक्वान्दो डोजाङमा तेक्वान्दो प्रशिक्षणमा सहभागी खेलाडीलाई राहत वितरण गरिएको छ । अमेरिकामा बस्नुहुने एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोका अध्यक्ष मास्टर कुमार कार्की र कल्पना कार्कीले प्रदान गर्नुभएको २० हजार सहयोग रकमले खेलाडीहरुलाई राहत वितरण गरिएको हो ।

अमेरिकाबाट प्राप्त रकमबाट राहत सामग्री खरिद गरी शनिबार ८ जना तेक्वान्दो खेलाडीलाई वितरण गरिएको हेटौंडा डोजाङकी प्रशिक्षक निरु कुमारी मगरलाई जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाको पनि उपस्थिति रहेको थियो । विगत एकदशक भन्दा बढी समयदेखि अमेरिकामा बस्दै आउनुभएका कार्की दम्पतीले तेक्वान्दो खेलका लागि विभिन्न जिल्लाहरुमा सहयोग गर्दै आउनुभएको छ ।