अनिलकुमार बानियाँ

हेटौंडाः हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविको अध्यक्षमा अनिलकुमार बानियाँ चयन हुनुभएको छ । असार १२ गते बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकबाट बानियाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

असार १० गते विद्यालयको ३५ औं अभिभावक भेलाबाट व्यवस्थापन समितिका लागि २ जना महिला र २ जना पुरुष गरी ४ जना अभिभावक चयन भएका थिए । यस्तै, असार ११ गते एक वडा प्रतिनिधि र १२ गते बसेको पूर्ण बैठकबाट थप दुई जना सदस्य मनोनित भएका थिए ।

सदस्य चयन हुनेहरुमा ज्ञानुका चौलागाई, भीमबहादुर चौलागाई, योगराज खतिवडा, टीकादेवी थिङ, रोहित विश्वकर्मा, सृजना गुरागाई, शिक्षक प्रतिनिधि तोयानाथ दाहाल र सदस्यसचिव विद्यालयकी प्रधानाध्यापक मीना श्रेष्ठ हुनुहुन्छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको रहनेछ । कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा अहिले ३ सय ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।